२०८२, २४ कार्तिक आईतबार

धुलिखेलको मूख्य ट्याङकीमा पानी आइपुग्यो

धुलिखेलको मूख्य ट्याङकीमा पानी आइपुग्यो

नियमित धारामा आउन एक साता लाग्ने


धुलिखेल, २१ जेठः बाढीले बगाएको पाइप जडान सकिएपछि आजबाट धुलिखेलको मुख्य ट्याङकीमा पानी झार्न सुरु गरिएको छ । दिउँसो दुई बजेदेखि खानेपानी धुलिखेल स्थित मुख्य ट्याङकीमा पठाइएको धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्व श्रेष्ठले बताए ।

जेठ १४ गते पनौती क्षेत्रमा भिषण बर्षापछि आएको बाढीले धुलिखेल आउने खानेपानीको पाइप बगाएपछि धुलिखेलमा खानेपानीको चरम समस्या भइरहेको छ । मुख्य ट्याङकीमा पानी आइपुगेपछि बाढीले बगाउनु भन्दा अघिको अवस्थामा पानी आउन भने अझै एक हप्ता लाग्ने अध्यक्ष श्रेष्ठले बताए ।

बाढीले पनौती स्थित बाँसडोल खोलामा धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो । पनौती नगरपालिकाको वडा नम्बर १२ कलाती भूमिडाँडाबाट ल्याएको पानीको पाइप बाढीले बगाएको थियो । एकसाता बितिसक्दा पनि पानी नआउन पछि धुलिखेल नगरपालिकाले ट्याक्टर मार्फत समस्या ग्रस्त विभिन्न वडामा खानेपानी वितरण गर्न थालेको छ ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ५ : ५३ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को