२०८२, ८ चैत्र सोमबार

बलात्कार आरोपमा काभ्रेका एक युवा पक्राउ

बलात्कार आरोपमा काभ्रेका एक युवा पक्राउ

बालिकाको मुख थुनेर बलात्कार


धुलिखेल, २२ जेठ : भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नम्बर ४ स्थायी घर भइ भक्तपुर नगरपालिका वडा नं २ ब्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।

फूपूफूपाजुसँग बस्दै आएकी १३ वर्षीया बालिकालाई फूपूफूपाजु गलैचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फूपाजु पुगेपछि तामाङ फरार भएका थिए ।

घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ९ : ४२ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको