२०८२, ८ चैत्र सोमबार

बेथानचोक गाउँपालिकाले ठेकेदारलाई भन्यो : ‘समयमै काम नसके कारबाही भोक्न तयार रहनुस्’

बेथानचोक गाउँपालिकाले ठेकेदारलाई भन्यो : ‘समयमै काम नसके कारबाही भोक्न तयार रहनुस्’

चालु आर्थिक वर्षका लागि ३ सयभन्दा बढी योजना


धुलिखेल, २१ जेठः काभ्रेकाे बेथानचोक गाउँपालिकाले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले विभिन्न बाहानमा काम पुरा नगर्ने ठेक्केदारलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

पालिका स्तरीय र वडा स्तरीय विकास निर्माणको काम लगभग अन्तिम चरणमा पुगेका छन् । पालिकाले चालु आर्थिक वर्षका लागि ३ सयभन्दा बढी योजना बनाएको थियो । ती मध्ये ८० प्रतिशत काम सकिएको पालिका अध्यक्ष तिमिल्सिनाले बताए ।

तर प्रदेश सरकारबाट प्राप्त बजेटको भने भर्खर योजना सम्झौता भएका छन् । कतिपय ठेकेदारले फिल्डमा मजदुर लगिका छन् । पालिकाभित्र चालु आर्थिक वर्षमै सकाउने गरी प्रदेश सरकारका ३ र संघीय सरकारको एउटा योजना छ । यी सबै योजनामा गाउँपालिका पनि ५० प्रतिशत बजेट लगानी हुन्छ । नदी नियन्त्रण योजना अन्तर्गत पार्थुम खोलाका लागि १ करोड १० लाखको योजना सम्झौता भइसकेको प्रमूख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै १÷१ करोडको तिप्चोक पार्थली सडक र भुग्देउ सडक सम्झौता भएका छन् । त्यसैगरी संघ सरकारको ५० प्रतिशत आर्थिक सहयोगमा बन्न लागेको नांगे बर्यौ पर्यटन पार्कको पनि योजना सम्झौता भइसकेको छ । तर लकडाउनकै कारण ठेकेदारले काम सुरु गर्न सकेका छैन । ठेकेदारले कछुवाको गतिमा काम गरेको भन्दै पालिका अध्यक्ष तिमिल्सिनाले तीब्र असन्तुष्टि जनाए । ‘टेण्डर हाल्ने बेला प्रतिस्पर्धामा हाल्ने तर अहिले चाँहि काममा घाटा पर्छ कि भने जस्तो सोच ठेकेदारमा देखियो पालिका अध्यक्ष तिमिल्सिनाले भने ‘टेण्डर स्वीकृत भएर आएको ठेक्कदारहरुले जिम्मा लिएको काम निर्धारित समयमा काम नसके कारबाही कानुनी कारबाही गर्छु ।’

प्रदेश र संघ सरकारको सहयोगमा सञ्चालन हुने यी योजनाहरुमा पालिकाको समेत ५० प्रतिशत लागत भएकाले पनि पालिकाले ठेकेदारहरुलाई ताकेता गरेको हो । ‘हाम्रो कारण कुनै पनि हालतमा काम रोकिन दिइने छैन्, भने तर विभिन्न बाहान बनाएर ठेकेदारको तर्फबाट काम नसक्ने अवस्थामा आयो भने कारबाही गर्छौँ ।’

पालिकाले तालिम, सेमिनार र सामान खरिद गरेर गर्नुपर्ने जस्तो योजना भने यो वर्ष गर्न नसक्ने जनाएको छ । ‘काम गर्दा गर्दै समय नपुग्नु अर्को कुरा हो, तर काम नै नगरि समय थाप्नु पर्ने स्थिति आयो भने त्यो हामीलाई मान्य हुने छैन, पालिका प्रमुख तिमिल्सिनाले भने ‘समन्वय गर्नु पर्ने ठाउँमा गरिरहेका छौँ, कुनै बहान चल्दैन ।’

प्रकाशित मिति : २०७७, २१ जेष्ठ बुधबार  ४ : ०२ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको