काठमाडौं १३ जेठ : गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार पोखरेलले आफूलाई कोरोना संक्रण भएको विज्ञप्ति मार्फत जानकारी दिएका हुन् । छिमेकी गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि धुर्कोटले केही जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी टेष्ट गरेको थियो ।
त्यसक्रममा एक पदाधिकारीको पोजेटिभ आयो । लगतै उनी र गाउँपालिका अध्यक्ष पोखरेलको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोखरेलको रिपोर्ट पोजेटिभ आएको हो ।
गाउँपालिका अध्यक्षलाई नै संक्रमण पुष्टि भएपछि गाउँपालिका केन्द्र बर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ ।
प्रतिक्रिया