२०८३, २६ आश्विन मंगलबार

धुलिखेल नगरपालिकालाई ब्यवसायीहरुले भने ‘कर छुट गरिदिनु पर्याे’

धुलिखेल नगरपालिकालाई ब्यवसायीहरुले भने ‘कर छुट गरिदिनु पर्याे’


धुलिखेल, १३ जेठः धुलिखेलका ब्यवसायीहरुले कर छुट गरिदिन नगरपालिकासँग आग्रह गरेका छन् । धुलिखेल उद्योग वाणिज्य संघ र क्षेत्रिय होटल सँघले आज मेयर अशोक ब्याञ्जुलाई भेटेर कर छुटका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु र क्षेत्रिय होटल संघका अध्यक्ष प्रेम कण्ठ मकाजु श्रेष्ठको नेतृत्वमा गएको ब्यवसायीहरुको टोलीले लकडाउनका कारण उद्योग धन्दा बन्द रहेको भन्दै स्थानीय ब्यवसायी कर छुट गर्न आग्रह गरेको हो । संघले आजै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

उनीहरुले कोरोना भाइरसको महामारीसँगै ब्यवसाय चौपट भएको भन्दै बैंक तथा वित्तिय संस्थाहरुलाई ऋणको साँवा र ब्याज तिर्न नपर्ने ब्यवस्था कामय गर्न आग्रह गरेका छन् । लकडाउन अवधि भर बिमाको प्रिमियम तिर्न नपर्ने र नोक्सानको क्षतिपुर्ति मिलाउन ब्यवसायीहरुले आग्रह गरेका छन् ।

ब्यवसायीहरुले ऋणको अवधि ३ वर्ष थप गर्न र लकडाउन खुलेको २ वर्षसम्म ब्याजर ५ प्रतिशत मात्रै लिने ब्यवस्था गर्न समेन माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ४ : ३१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल