२०८२, २४ असार मंगलबार

धुलिखेल नगरपालिकालाई ब्यवसायीहरुले भने ‘कर छुट गरिदिनु पर्याे’

धुलिखेल नगरपालिकालाई ब्यवसायीहरुले भने ‘कर छुट गरिदिनु पर्याे’


धुलिखेल, १३ जेठः धुलिखेलका ब्यवसायीहरुले कर छुट गरिदिन नगरपालिकासँग आग्रह गरेका छन् । धुलिखेल उद्योग वाणिज्य संघ र क्षेत्रिय होटल सँघले आज मेयर अशोक ब्याञ्जुलाई भेटेर कर छुटका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु र क्षेत्रिय होटल संघका अध्यक्ष प्रेम कण्ठ मकाजु श्रेष्ठको नेतृत्वमा गएको ब्यवसायीहरुको टोलीले लकडाउनका कारण उद्योग धन्दा बन्द रहेको भन्दै स्थानीय ब्यवसायी कर छुट गर्न आग्रह गरेको हो । संघले आजै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

उनीहरुले कोरोना भाइरसको महामारीसँगै ब्यवसाय चौपट भएको भन्दै बैंक तथा वित्तिय संस्थाहरुलाई ऋणको साँवा र ब्याज तिर्न नपर्ने ब्यवस्था कामय गर्न आग्रह गरेका छन् । लकडाउन अवधि भर बिमाको प्रिमियम तिर्न नपर्ने र नोक्सानको क्षतिपुर्ति मिलाउन ब्यवसायीहरुले आग्रह गरेका छन् ।

ब्यवसायीहरुले ऋणको अवधि ३ वर्ष थप गर्न र लकडाउन खुलेको २ वर्षसम्म ब्याजर ५ प्रतिशत मात्रै लिने ब्यवस्था गर्न समेन माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ४ : ३१ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज