२०८२, २४ कार्तिक आईतबार

सिन्धुपाल्चोकको मेलम्चीमा थप क्वारेन्टाइन सञ्चालनमा ल्याइने

सिन्धुपाल्चोकको मेलम्चीमा थप क्वारेन्टाइन सञ्चालनमा ल्याइने


धुलिखेल, १३ जेठः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले थप क्वारेन्टाइनमा ल्याउने भएको छ । मंगलबार बसेको नगरस्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले बाहुने पाटीको क्वारेन्टाइनमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

बाहुने पाटीमा २० बेडको क्वारेन्टाइन निर्माण गरिरहेको र सम्भवत मंगलबार (आज) बाटै सञ्चालनमा ल्याइने नगरपालिका नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्कीले जानकारी दिए । बैठकले पाँचखोपरी थाङपाल गाउँपालिकाको तिपेनीमा पनि क्वारेन्टाइनका बनाउन पूर्व तयारी गर्ने राख्ने निर्णय पनि गरेको छ । मेलम्चीमा अहिले २५ बेडको क्वारेन्टाइनमा तयारी अवस्था छ ।

बैठकले नगरस्तरीय केस अनुसन्धान तथा कन्ट्याक्ट खोजपडताल (सीआइसीटी) टिम समेत पठन गरेको छ । जनस्वास्थ्य अधिकृत भोराज खनालको नेतृत्वमा एउटा र अग्रेनी पुनको नेतृत्वमा अर्को टिम बनाएको हो । प्राथमिक स्वास्थ्य केन्द्र विशेष कारण सिल गर्नुपर्ने अवस्था आए २४ सै घण्ट आकस्मिक प्रसुती सेवा र जीवन सुरक्षका आकस्मिक सेवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै मेलम्ची अस्पताल र बाहुनेपाटी स्थित धुलिखेल अस्पतालको शाखासँग समन्वय गरी आवश्यक स्वास्थ्यको काम गर्ने निर्णय गरिएको नगरप्रमुख डम्बर बहादुर अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ३ : ३४ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को