धुलिखेल १३ जेठ : काँग्रेस काभ्रेले जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरेकाे छ । प्रेस युनियन स्थापना दिवसकाे अवसर पारेर काँग्रेसले जिल्लाका पत्रकारलाइ प्रेस ज्याकेट दिएकाे हाे । मंगलबार बनेपा बुडाेल स्थित पत्रकार महासंघका भवनमा एक कार्यक्रम गरी नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले जिल्लामा क्रियाशिल ४० जना पत्रकारलाई प्रेस ज्याकेट र एन ९५ मास्क वितरण गरेका हुन् ।
कार्यक्रममा नेता हुमागाईले (कोभिड-१९) कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा रहेर समाचार संकलन गर्नुपर्ने भएकाले एन ९५ मास्क र प्रेस ज्यकेट वितरण गरिएको बताए ।
कोभिड १९ कोरोना भाईरस विरुद्ध जिल्लाको अभियानबारे नेता हुमागाई र पत्रकारबीच छ्लफल भएको थियो । सरकारले ल्याएकाे नीति र कार्यक्रममा (कोभिड -१९) कोरोना भाईरस नियन्त्रणका लागि कुरा नसमेटिएकाे भन्दै नेता हुमागाइले बजेट मार्फत सबै समस्यामा परेका हरेक पेसा, ब्यवसायलाइ समेट्न सरकारलाइ अनुराेध गरे ।
प्रतिक्रिया