२०८२, २५ भाद्र बुधबार

काभ्रेमा १६ सय भन्दाबढीको आरडिटी विधि मार्फत कोरोना परिक्षण

काभ्रेमा १६ सय भन्दाबढीको आरडिटी विधि मार्फत कोरोना परिक्षण


धुलिखेल, १२ जेठः काभ्रेमा हालसम्म १६ सय भन्दा बढी मानिसमा आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेका अनुसार १६ सय ५७ जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण गरिएको हो ।

जिल्लामा २१ सय आरडिटी किट रहेको छ । हालसम्म परिक्षण गरिएका मध्ये २७ जनामा आरडिटी परीक्षणमा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस्तै जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । हालसम्म जिल्लामा पीसीआर विधि मार्फत गरिएको परीणमा कुनै पनि ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छैन् ।

जिल्लामा सोमबार क्वारेन्टाइन बस्नेको संख्या यथावत रहेको छ । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेका अनुसार ४३ जना ब्यक्ति क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी २९ जना धुलिखेल स्थित सञ्जिवनी उच्च माविको क्वारेन्टाइनमा रहेका छन् ।

धुलिखेल अस्पतलामा ७ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा २/२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै पनौती र तेमालको क्वारेन्टाइनमा १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ६ : ४८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा