धुलिखेल, १२ जेठः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ मा निर्माणधिन सेतिदेवी मार्ग पुरा भएको छ । निर्माण पुरा भएकाे सडक सोमबार नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरे । सडक उद्घाटन गर्दै नगरप्रमुख ब्याञ्जुले स्थानीयको सहभागितामा गरिने विकास दीगो र प्रभावकारी हुने बताए ।
नगरपालिकाको ६० प्रतिशत र स्थानीय जनताको ४० प्रतिशत लागत साझेदारीमा सडक निर्माण गरिएको हो ।
१ सय १५ मिटर सडकमा ढलान गरिएको छ । झण्डै १६ लाख बराबर खर्च भएको वडाध्यक्ष रबिन्द्र कर्माचार्यले जानकारी दिए ।
प्रतिक्रिया