२०८२, २१ माघ बुधबार

काभ्रेमा क्वारेन्टाइन संख्या बढाउन स्थानीय तहलाई ताकेता

काभ्रेमा क्वारेन्टाइन संख्या बढाउन स्थानीय तहलाई ताकेता


धुलिखेल, ११ जेठः काभ्रेमा हालसम्म एक जना ब्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छैन । परीक्षणको दायरा भने निकै फराकिलो बनाइएको दाबी गरिएको छ । दायरा बढाइएको आरडिटीमा पोजेभि रिपोर्ट थाउन थालेपछि क्वारेन्टाइन संख्या नपुग्ने तर्फ सबैको ध्यान जान थालेको छ । हाल जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाइनमा तयारी अवस्थामा राखिएको छ । यो संख्या अपुग हुने अनुमान गरिएको छ ।

कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले सबै स्थानीय तहरुलाई क्वारेन्टान संख्या बढाउन ताकेता गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जिल्लाका १३ वाटै स्थानीय तहहरुलाई १÷१ सय बेडको क्वारेन्टाइन जतिसक्दो छिटो बनाउने आग्रह गरेको हो । यसअघिको सीसीएमसी बैठकले जिल्लाको धुलिखेल र बनेपामा जिल्ला स्तरीय ३÷३ सय बेडको क्वारेन्टाइन थप गर्ने निर्णय गरेको थियो । सोहि बैठकले नगरपालिका र गाउँपालिकामा १÷१ सय बेडको क्वारेन्टाइनको संख्या बढाउने पनि निर्णय गरेको थियो ।

हाल जिल्लाको धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा ६५ बेड, बनेपा बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० बेडको क्वारेन्टाइन छ । त्यस्तै पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ र मण्डदेउपुरमा १५ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छन् । त्यस्तै महाभारत गाउँपालिकामा ३५, भुम्लुमा ३०, खानीखोलामा १५, चौरीदेउरालीमा १५, बेथानचोकमा १०, रोशीमा १० र तेमाल गाउँपालिकामा ६ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ६ : १८ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक