२०८२, ८ चैत्र सोमबार

काभ्रेका एम्बुलेन्सले बिरामी बाहेकका यात्रु ओसार्न थाले

काभ्रेका एम्बुलेन्सले बिरामी बाहेकका यात्रु ओसार्न थाले


धुलिखेल, ११ जेठः काभ्रे जिल्लामा सञ्चालन भइरहेका एम्बुलेन्सहरु बिरामी बाहेकका यात्रु ओसार्न थालेको पाइएको छ । बिरामीको नाममा अन्य यात्रु ओसार पसार गर्न थालेको भन्दै कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले कारबाही गर्ने चेतावनी दिएको छ ।

स्थानीय स्तरबाट एम्बुलेन्सहरुले अन्य मानिस ओसार्ने गरेको भन्दै सीसीएमसीको आज बसेको बैठकले त्यस्तो कार्य तत्काल रोक्न एम्बुलेन्स सञ्चालकहरुलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना  संयाेजक रहेको सीसीएमसीले जिल्लाका सबै एम्बुलेन्सहरुलाई मर्यादा भन्दा बाहिर गएर काम नगर्न चेतावनी दिएको हो ।

जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका बाहेक अन्य १२ वटा स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । जिल्लामा ३५ वटा एम्बुलेन्स रहेका छन् । यसरी सञ्चालन भइरहेका मध्ये ३० वटामा जीपीएस सिस्टम जडान गरिएको छ ।

यो सिस्टमले कुन एम्बुलेन्स कति खेर, कुन ठाउँमा थियो र कत्तिको गतिमा थियो भन्ने समेतको जानकारी राख्दछ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ५ : ४९ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको