२०८२, २५ भाद्र बुधबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ४३ पुग्यो

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ४३ पुग्यो


धुलिखेल, ११ जेठः काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढ्दै गएको छ । आतबारसम्म ४३ जना ब्यक्ति क्वारेन्टाइनमा रहेको कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेले जनाएको छ । सबैभन्दा बढी २७ जना धुलिखेल स्थित सञ्जिवनी उच्च माविको क्वारेन्टाइनमा रहेका छन् ।

प्राप्त वितरण अनुसार उनीहरु सबै लकडाउनको अवधिमा भारतबाट आएका हुन् । धुलिखेल अस्पतलामा ७ जना, पाँचखालमा ४ जना, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा २÷२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै पनौतीको क्वारेन्टाइनमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

जिल्लामा आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण दायरा बढाइएको छ । आरडिटीमा कोरोना संक्रमण देखिएका सबैलाई पीसीआर रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ । धुलिखेल अस्पतालको आइसोलेसन बेडमा आज पनि एक जनाको मात्रै उपचार भइरहेको छ ।

हालसम्म काभ्रेका जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ५ : ४१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा