२०८३, ११ बैशाख शनिबार

विश्वभर कोरोनाबाट ११७ नेपालीको मृत्यु,१२ हजार ८११ जना संक्रमित

विश्वभर कोरोनाबाट ११७ नेपालीको मृत्यु,१२ हजार ८११ जना संक्रमित


काठमाडौं ११ जेठ । कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ ।

विश्वका विभिन्न देशमा बसोबास गर्दै आईरहेका नेपालीको कोरोनाबाट ज्यान गएको गैरआवसीय नेपाली संघले जनाएको छ । यो साता मात्र २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । कोरोनाबाट संयुक्त अरब इमिरेट्स्ट युएईमा १८ जना नेपालीको निधन भएको समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाले बताए।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्याङ्क अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । नेपालसहित विश्वभर १२ हजार ८२१ नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  १० : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले