२०८२, ८ चैत्र सोमबार

भुम्लु गाउँपालिका-६ का वडाध्यक्ष माथि आक्रमण

भुम्लु गाउँपालिका-६ का वडाध्यक्ष माथि आक्रमण


धुलिखेल, १० जेठः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ का भरत बहादुर शिवभक्ति माथि आक्रमण भएको छ । वडाध्यक्ष शिवभक्ति माथि चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीका युवाहरुले आक्रमण गरेका हुन् ।

स्थानीय खहरे खोलामा ब्याट्री प्रयोग गरेर माछा मार्न लागेका युवाहरुले अध्यक्ष माथि आक्रमण गरेका हुन् । युवाहरुको आक्रमणबाट वडाध्यक्ष शिवभक्तिको बायाँ पातामा चोट लागेको प्रहरीले जनाएको छ । खोलामा ब्याट्री प्रयोग गरेर माछा नमार्न आग्रह गर्दा आफु माथि युवाहरुले आक्रमण गरेको वडाध्यक्ष शिवभक्तिले बताए । वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइदैँ छ । प्रहरीले आक्रमण संकलन १० जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चौरीदेउराली वडा नम्बर ८ बिर्ताका २२ बर्षीय सिताराम माझी, २० बर्षीय निरज माझी, २० बर्षीय रविन माझी, १८ बर्षीय सागर माझी, २२ बर्षीय जीवन माझी, १९ बर्षीय प्रविन माझी लगायतका रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइदैँछ । घटनामा संलग्नलाई कानुन बमोजिम कारवही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौडयालले बताए ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ६ : ५७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको