धुलिखेल, १० जेठः काभ्रेमा प्रहरीले स्थानीयलाई ज्यानमार्ने धम्की दिएको छ । प्रहरी चौकी कटुञ्जेबेशीमा कार्यरत असई महेश्वर दाहालले रोशी गाउँपालिका वडा नं ५ सिपाली नागबेलीका नारायण हुमागाई, प्रदिप हुमागाई र श्यामकृष्ण मैनालीलाई हिजो राती ज्यानमार्ने धम्की दिएका हुन् ।
रोशी गाउँपालिका वडा नं ५ का शेरबहादुर तामाङको बुद्धचित्त मालाको विषयलाई लिएर नारायण हुमागाईलाई असई दाहालले गोली हानेर मरिदिने धम्की दिएको पीडितले बताएका छन् । असई दाहालले प्रदिप हुमागाई र मैनालीलाई ९८५७८३५०७२ नम्बरको मोबाईबाट अपशब्द बोल्दै मारिदिने धम्की दिएपछि स्थानीयहरु त्रसित भएको स्थानीय हरिकुमार मैनालीले बताए । मैनालीका अनुसार प्रहरीले धम्की दिएपछि नारायण हुमागाइले घरछाडेर हिडेका छन् ।
वडा नं ५ का वडा अध्यक्ष तिर्थ लामाले तेमाल गाउँपालिकाका दुधराज लामा, सिजन लामा र प्रभात लामासँग माला धनी शेरबहादुर तामाङबीच ९० लाख रुपैयाँमा बिक्री गर्ने सम्झौता गराएका थिए ।
अनुसंधनको क्रममा असई दाहालले स्थानीयलाई धम्की दिएको खुलेमा कारवही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौडयालले बताए ।
प्रतिक्रिया