२०८२, २४ जेष्ठ शनिबार

सुनकोशीमा बेपत्ता एक जना अझै फेला परेनन

सुनकोशीमा बेपत्ता एक जना अझै फेला परेनन


धुलिखेल, ८ जेठः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ८ सापिङस्थित सिलामे भीरमा बोलेरो गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । भुम्लु गाउँपालिका वडा नं ४ का बासिन्दा भोला महतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

बेपत्ता भएका वडा नं १ का २६ वर्षीय अशोक गिरीको नेपाली प्रहरी सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । हिजो दिउँसो दोलालघाटबाट सिमेन्ट र कुखुराको दाना लिएर सापिङ जादै गरेको बा १६ च ८८३८ नंको सो गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी दुर्घटनामा परेको थियो ।

गाडीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उहाँ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ८ जेष्ठ बिहीबार  ६ : ०७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक