२०८२, ८ चैत्र सोमबार

काभ्रेमा २२ जना क्वारेन्टाइनमा, ४ जना धुलिखेल अस्पतालको आइसोलेसनमा

काभ्रेमा २२ जना क्वारेन्टाइनमा, ४ जना धुलिखेल अस्पतालको आइसोलेसनमा


धुलिखेल, ८ जेठः काभ्रे जिल्लाका विभिन्न क्वारेन्टइनमा २२ जना रहेको पाइएको छ । सबैभन्दा बढी जिल्लाको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले १७ जनालाई क्वारेन्टाइनमा राखेको छ । तर जिल्ला कमाण्ड पोष्टले भने चौरी देउरालीमा ७ जना र जिल्लाभर १२ जनामात्रै क्वारेन्टाइनमा रहेको दाबी गरेको छ ।

गाँउपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले आरडिटी विधि मार्फत गरेको परीक्षणमा १० जना र अन्य ७ गरी १७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । गाँउपालिकामा ३० बेडको क्वारेन्टाईन तयारी अवस्थामा छ । जिल्लाको नमोबुद्ध र पाँचखाल नगरपालिकामा २÷२ जना क्वारेन्टाइनमा छन् । त्यसैगरी शीर मेमोरियल अस्पताल बनेपामा १ जना रहेको जिल्ला कमाण्ड पोष्टले जानकारी दिए ।

काभ्रे जिल्लाकै ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । क्वारेन्टाइनमा बसेका सबै जनाको स्वाब परीक्षण भइरहेको छ । हालसम्म काभ्रे जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । यी कुनै पनि ब्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एव जिल्ला कमाण्ड पोष्टका सदसस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ८ जेष्ठ बिहीबार  ५ : ५४ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको