२०८२, २४ कार्तिक आईतबार

काभ्रेमा २२ जना क्वारेन्टाइनमा, ४ जना धुलिखेल अस्पतालको आइसोलेसनमा

काभ्रेमा २२ जना क्वारेन्टाइनमा, ४ जना धुलिखेल अस्पतालको आइसोलेसनमा


धुलिखेल, ८ जेठः काभ्रे जिल्लाका विभिन्न क्वारेन्टइनमा २२ जना रहेको पाइएको छ । सबैभन्दा बढी जिल्लाको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले १७ जनालाई क्वारेन्टाइनमा राखेको छ । तर जिल्ला कमाण्ड पोष्टले भने चौरी देउरालीमा ७ जना र जिल्लाभर १२ जनामात्रै क्वारेन्टाइनमा रहेको दाबी गरेको छ ।

गाँउपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले आरडिटी विधि मार्फत गरेको परीक्षणमा १० जना र अन्य ७ गरी १७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । गाँउपालिकामा ३० बेडको क्वारेन्टाईन तयारी अवस्थामा छ । जिल्लाको नमोबुद्ध र पाँचखाल नगरपालिकामा २÷२ जना क्वारेन्टाइनमा छन् । त्यसैगरी शीर मेमोरियल अस्पताल बनेपामा १ जना रहेको जिल्ला कमाण्ड पोष्टले जानकारी दिए ।

काभ्रे जिल्लाकै ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । क्वारेन्टाइनमा बसेका सबै जनाको स्वाब परीक्षण भइरहेको छ । हालसम्म काभ्रे जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । यी कुनै पनि ब्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एव जिल्ला कमाण्ड पोष्टका सदसस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ८ जेष्ठ बिहीबार  ५ : ५४ बजे

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा