२०८२, ८ चैत्र सोमबार

सापिङ जादैँ बोेलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता

सापिङ जादैँ बोेलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता


धुलिखेल, ७ जेठः काभ्रेको भुम्लु गाउँपालिकास्थित वडा ८ नम्बर वडाअन्तर्गत पर्ने सिलामे भिरमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङका २६ बर्षीय अशोक गिरी र २८ बर्षीय भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बुधबार दोलालघाटबाट भुम्लु गाउँपालिकाको १ नम्बर वडा सापिङ हिडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जार्दै गर्दा ब्याक आएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जीप सिमेन्ट र कुखराको दाना लिएर जाँदै थियो । जीप नै सुनकोशी नदीमा खसेको नभइ उकालोमा ब्रेक लगाउने क्रममा जीपको पछाडी बसेका यात्रु सुनकोशीमा पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३९ बर्षीय सानुमाया गिरी घाइते भएको र उहाँको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेका छन् ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार  ५ : ४९ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको