२०८२, २४ जेष्ठ शनिबार

चौरीदेउराली गाउँपालिकाका १० जनामा आरडिटी पोजेटिभ, किटको अभावमा परीक्षण रोकियो

चौरीदेउराली गाउँपालिकाका १० जनामा आरडिटी पोजेटिभ, किटको अभावमा परीक्षण रोकियो


धुलिखेल, ७ जेठः काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाका ९ जनामा आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भएको पाइएको छ । उनीहरुको बिस्तृत परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको पालिका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले जानकारी दिए ।

आरडिटी विधि मार्फत मंगलबार ३२ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै आज २७ जनाको परीक्षण गरिएकोमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसरी आरडिटीमा कोरोना पोजेटिभ देखिनेमा क्वारेन्टाइनमा बसेका देखि स्वास्थ्य कर्मी र पालिकाका कर्मचारी समेत छन् ।

उनीहरुलाई एम्बुलेन्स, पालिकाको गाडी र नीजि सवारी साधन मार्फत स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको स्वास्थ्य संयोजक घिसिङले जानकारी दिए । क्वारेन्टाइनमै बसेका ब्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएको छ । वडा नम्बर ५ मा डेरा गरी बस्ने उनको ६ नम्बर वडाको देउराली बजारमा सैलुन पसल रहेको पाइएको छ । ती ब्यक्ति लकडाउनकै बेला आफ्नो घर धनुषा पुगेर बैशाख २८ गते चौरी देउराली पुगेका थिए । घर गएर फर्किएको स्थानीय थाहा पाएपछि उनलाई बैशाख ३० गतेदेखि पालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

यसैबीच चौरी देउराली गाउँपालिकामा कोरोना भाइरस परीक्षणका लागि आरडिटी किटको अभाव भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको ६० वटा किट सकिएको छ । स्वास्थ्य कर्मी र पालिकाकै कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अन्य जनप्रतिनिधिहरुले समेत परीक्षण गर्न माग गरेका छन् । तर किट अभावमा परीक्षण हुन नसकेको पालिकाका स्वास्थ्य स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले बताए ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार  २ : ४९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक