२०८२, १३ फाल्गुन बुधबार

चौरीदेउराली गाउँपालिकाका १० जनामा आरडिटी पोजेटिभ, किटको अभावमा परीक्षण रोकियो

चौरीदेउराली गाउँपालिकाका १० जनामा आरडिटी पोजेटिभ, किटको अभावमा परीक्षण रोकियो


धुलिखेल, ७ जेठः काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाका ९ जनामा आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भएको पाइएको छ । उनीहरुको बिस्तृत परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको पालिका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले जानकारी दिए ।

आरडिटी विधि मार्फत मंगलबार ३२ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै आज २७ जनाको परीक्षण गरिएकोमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसरी आरडिटीमा कोरोना पोजेटिभ देखिनेमा क्वारेन्टाइनमा बसेका देखि स्वास्थ्य कर्मी र पालिकाका कर्मचारी समेत छन् ।

उनीहरुलाई एम्बुलेन्स, पालिकाको गाडी र नीजि सवारी साधन मार्फत स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको स्वास्थ्य संयोजक घिसिङले जानकारी दिए । क्वारेन्टाइनमै बसेका ब्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएको छ । वडा नम्बर ५ मा डेरा गरी बस्ने उनको ६ नम्बर वडाको देउराली बजारमा सैलुन पसल रहेको पाइएको छ । ती ब्यक्ति लकडाउनकै बेला आफ्नो घर धनुषा पुगेर बैशाख २८ गते चौरी देउराली पुगेका थिए । घर गएर फर्किएको स्थानीय थाहा पाएपछि उनलाई बैशाख ३० गतेदेखि पालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

यसैबीच चौरी देउराली गाउँपालिकामा कोरोना भाइरस परीक्षणका लागि आरडिटी किटको अभाव भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको ६० वटा किट सकिएको छ । स्वास्थ्य कर्मी र पालिकाकै कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अन्य जनप्रतिनिधिहरुले समेत परीक्षण गर्न माग गरेका छन् । तर किट अभावमा परीक्षण हुन नसकेको पालिकाका स्वास्थ्य स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले बताए ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार  २ : ४९ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली