२०८२, २४ कार्तिक आईतबार

बेथानचोक गाउँपालिकामा दुध संकलन गर्न र बेच्न बेलुका मात्रै पाउने

बेथानचोक गाउँपालिकामा दुध संकलन गर्न र बेच्न बेलुका मात्रै पाउने


धुलिखेल, ६ जेठः काभ्रेको बेथानचोक गाउँपालिकाले बेलुकाको समयमा मात्रै दुध संकलन र बिक्रि गर्न उर्दी जारी गरेको छ । गाउँ विपद् ब्यवस्थापन समितिको बैठकले दुध, दुग्धजन्य वस्तु संकलन र बिक्री वितरण बेलुकाको सयममा गर्ने निर्णय गरेको हो । बैठकले दुधजन्य वस्तु, खाद्यन्न र निर्माण सामग्री ओसारपसार गर्ने सवारी साधनमा चालक र सहचालक बाहेक बढीमा १ जना ब्यक्ति मात्रै बस्ने पाउने निर्णय पनि गरेको छ ।

गाउँपालिकाको क्षेत्रभित्र विभिन्न नाका मार्फत अपरिचित ब्यक्तिहरु लुकिछिपि प्रवेश गरिरहेको गुनासो बढेको भन्दै त्यसरी प्रवेश गर्ने नागरिकलाई पालिकाको जिम्मा लगाइदिन बैठकले आग्रह गरेको छ । त्यस्तै ब्यक्तिलाई २ हप्तासम्म क्वारेन्टाइनमा अनिवार्य राख्ने निर्णय भएको पालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै विपद् ब्यवस्थापन समितिले पालिकाभित्रका सबै बजारहरुमा ३ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । खाद्यन्न र मेडिकल जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि पसल नखोल्न पनि समितिले आग्रह गरेको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै लक्षण देखा परे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि बैठकले आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  १२ : ५४ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।