२०८३, ३१ श्रावण सोमबार

मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा


काठमाडौं, ५ जेठ : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्‍यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ ।

सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भनेको छ । त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ८ : ०६ बजे

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो

भृकुटीमण्डपमा देखिएको भविष्य : नाइमा एक्स्पोले जगाएको नयाँ मोबिलिटीको उत्साह

भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको