२०८२, २० असार शुक्रबार

मृतक सुत्केरीका श्रीमान सहित आफन्त डिस्चार्ज

मृतक सुत्केरीका श्रीमान सहित आफन्त डिस्चार्ज


धुलिखेल, ५ जेठः कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका श्रीमान सहित आफन्तहरु डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसन वेडमा रहेका उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएपछि सोमबार डिस्चार्ज भएका हुन् ।

ज्वरो, रुघाखोकी र सासफेर्न समस्या भएपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ राम्चेकी २९ बर्षीय सुत्केरी महिला गत विहिबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् । उनको सोहि दिन राती उपचारको क्रममा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पछि उनका श्रीमान, १३ दिने नवजात शिशु सहित अस्पताल आइपुगेका आफन्तको पनि कोरोना भाइरस परीक्षण गरिएको थियो ।

मृतक महिलाका आफन्तमा कोरोना संक्रमण पुष्टि नभएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालमा अहिले पनि ८ जना आइसोलेसनमै राखेर उपचार भइरहेको छ ।

काभ्रेमा हाल २७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि कोरोना परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर झाले बताए ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ६ : १३ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको