२०८२, २० असार शुक्रबार

लिसंखु पाखर गाउँपालिका-२ मा घरभाडा छुटका लागि घरधनीलाई लिखित पत्र

लिसंखु पाखर गाउँपालिका-२ मा घरभाडा छुटका लागि घरधनीलाई लिखित पत्र


धुलिखेल, ५ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ ले घरभाडा छुटका लागि घरधनीलाई लिखित पत्र पठाउने भएको छ । लकडाउनका कारण भाडा लिएर होटल ब्यवसाय गर्ने ब्यक्तिहरु चरम मारमा परेको भन्दै लकडाउन अवधिभरका घरभाडा छुटका गर्न लिखित रुपमै घरधनीलाई आग्रह गर्ने वडाध्यक्ष हस्त बहादुर मोक्तानले जानकारी दिए ।

पालिकाका उपाध्यक्ष हेमगंगा मोक्तानक सहित सोमबार बसेका वडाका जनप्रतिनिधि र बजार ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आफ्नो वडा प्रवेश गर्ने नाकाहरु पूर्णमा शील गरेको जनाएको छ । आफ्नो वडामा कोरोना भाइरसको संक्रमण नभित्रियोस भन्नकालागि स्वास्थ्य चौकी र मेडिकल आउनुपर्ने भए वडा कार्यालय र प्रहरी चौकीलाई पूर्व गराए मात्रै वडाप्रवेश गर्न भनेको छ ।

बैठकले वडाभित्र खाद्यान्न पसल खोल्ने समयसमेत निर्धारण गरेको छ । विहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न पसल खुल्न पाउनेछ । होटल पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष मोक्तानले बताए । बैठकले धान, मकै, तोरी कुटानी, पसानी गर्ने मिलमा सामाजिक दुरी अनिवार्य रुपमा पालना गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ४ : ०१ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको