२०८२, ७ पुस सोमबार

सापिङ उर्लेनीका स्थानीय भन्छन् ‘फौजी किराले मकैबाली सखाप पर्यो, स्थानीय तहले वास्ता गरेन

सापिङ उर्लेनीका स्थानीय भन्छन् ‘फौजी किराले मकैबाली सखाप पर्यो, स्थानीय तहले वास्ता गरेन


धुलिखेल, ४ जेठः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ्ग, उर्लेनीका किसान चिन्तित बनेका छन् । अमेरिकन फौजी किराले मकैबाली खाएपछि किसान चिन्तित बनेका हुन् ।

दोस्रो पटक गोड्ने बेला हुन लागेको मकैबाली फौजी किराले सखाप पार्न लागेको स्थानीय टिका बहादुर जिसीले जानकारी दिए । उर्लेनी गाउँका अधिकांश किसानका बारीमा फौजी किरा देखिएको छ । त्यसमा पनि टिका बहादुर जिसी, गोबिन्द बानिया, रमेश बुढाथोकी र देवकी जिसीको बारीमा लगाएको मकैबालीमा भने निकै ठूलो क्षति पुर्याएको छ ।

८ देखि १० पात भैसकेका मकैबालीमा फौजी किराले आक्रमण गरेको हो । वडा कार्यालय र गाउँपालिकाले अमेरिकन फौजी किरा नियन्त्रणका लागि कुनै चासो नदिएको किसानहरुले गुनासो गरेका छन् । वडा र पालिकाले बिषादी छर्कन सल्लाह दिएपनि विषादी गाउँमा नपाइने भएकाले समस्या भएको किसानहरुले बताएका छन् ।

विषादी लिन दोलालघाट वा पाँचखालसम्म आइपुग्नुपर्ने र आफुहरुसँग साधन नभएकाले पैदल हिडेर जान सम्भव नभएको किसानहरुले बताएका छन् । ‘सामान्य अवस्था भए त आफै विषादी लिन जान हुन्थ्यो, अहिले गाडी पनि चलेको छैन, साधन पनि छैन, टिका बहादुरले भने ‘समयमै पानी परेकाले मकैबाली निकै राम्रो थियो, तर सखाब परिदियो ।’

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ६ : २७ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको