२०८२, २४ कार्तिक आईतबार

काभ्रेमा पहिलो पटक शव बहान सञ्चालन

काभ्रेमा पहिलो पटक शव बहान सञ्चालन


धुलिखेल, ४ जेठः दुई ठूला अस्पताल रहेको काभ्रेमा पहिलो पटक शव बहान सञ्चालनमा ल्याइने भएको छ । जिल्ला कमाण्ड पोष्टले पहिलो पटक शव बहान सञ्चालनमा ल्याउने निर्णय गरेको हो । शीर मेमोरियल अस्पताल बनेपाले रेडक्रस काभ्रे शाखालाई दिएको एम्बुलेन्स शव बहानका रुपमा प्रयोग गर्ने निर्णय भएको हो ।

जिल्लामा ३५ वटा एम्बुलेन्स भएपनि हालसम्म एउटा पनि शव बहान थिएनन् । आइतबार बसेको कमाण्ड पोष्टको बैठकले शव बहान सञ्चालनमा ल्याउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा एक महिनाको मृत्युपछि शव बहान सञ्चालनमा ल्याइएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका श्रीमान सहित काभ्रेमा हाल २३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको पीसीआर विधि मार्फत कोरोना भाइरस परीक्षण भइरहेको डाक्टर झाले बताए । हालसम्म काभ्रे जिल्लाका मात्रै १ सय ३६ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ५ : ४२ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।