२०८२, १३ फाल्गुन बुधबार

सिन्धुपाल्चोक नै फर्काइयो ५० जना भारतीय नागरिकलाई

सिन्धुपाल्चोक नै फर्काइयो ५० जना भारतीय नागरिकलाई


धुलिखेल, ४ जेठः काभ्रे प्रहरीले नियन्त्रणमा लिएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइएको छ । उनीहरू सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा खटिएका मजदुर हुन् ।

काभ्रे प्रहरीले नियन्त्रणमा लिएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइएको छ । उनीहरु सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा खटिएका मजदुर हुन् । उनीहरुलाई बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानले धुलिखेल नगरपालिकाको डम्पिङ साइट नजिकै ल्याएर छाडिदिएको थियो ।

कन्टेनरले भारतीय नागरिकलाई छोडेको सुचना पाउन साथ नियन्त्रणमा लिएको र सिन्धुपाल्चोक नै फर्काइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

उनीहरु काम गर्न छाडेर भागेको वडा नम्बर १३ का राम प्रसाद गौतम बताउनुभयो । उनीहरुलाई ठेकेदारले लकडाउनका बेला पनि मासिक १५ हजार रुपैयाँ दिएर राखेको वडाध्यक्ष गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  १ : ३७ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली