२०८२, २१ माघ बुधबार

सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण- जिल्ला कमाण्ड पोष्ट काभ्रे

सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण- जिल्ला कमाण्ड पोष्ट काभ्रे


धुलिखेल, ३ जेठः जिल्ला कमाण्डा पोष्ट काभ्रेले कोरोना भाइरसकै सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको छ । जिल्लामा दिनभर कोरोना भाइरस राेकथाम तथा नियन्त्रणका लागि भएका प्रगति विवरणमा कमाण्ड पोष्टले कारोना भाइरसकै कारण धुलिखेल अस्तापमा सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा समेत महिलाको मृत्यु कोरोना भाइरसको कारण भए नभएको बारे अनुसन्धान भइरहेको बताइरहेको बेला जिल्ला कमाण्ड पोष्टले भने कोरोना भाइरसकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयले अध्ययनका लागि धुलिखेल अस्पतालमा मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिष्टम अन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा. गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली आइपुगेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको संयोजकत्वमा रहेको कमाण्ड पोष्टले दैनिक प्रगति विवरण सार्वजनिक गर्ने गरेको छ । कमाण्ड पोष्टको प्रगति विवरण जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले आफ्नो फेसबुक मार्फत दैनिक सार्वजनिक गर्ने गरेका छन् ।

यसैक्रममा शनिबारको प्रगति विवरणमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की २९ बर्षीय महिलाको धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएको बताएको हो । प्रगति विवरणमा मृतकका श्रीमान लगाएत ४ जनालाई धुलिखेल अस्पतालकै आइसोलेसनमा राखिएको उल्लेख छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  ६ : ५१ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक