२०८२, २८ पुस सोमबार

धुलिखेल अस्तालमा सुत्केरी महिलाको मृत्युपछि राम्चेमा उच्च सतर्कता

धुलिखेल अस्तालमा सुत्केरी महिलाको मृत्युपछि राम्चेमा उच्च सतर्कता


धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेमा उच्च सतर्कता अपनाइएको छ । सोहि वडाकी एक सुत्केरी महिलाको धुलिखेल अस्पतामा मृत्यु भएपछि वडामा उच्च सतर्कता अपनाइएको हो । वडाध्यक्ष सानु तामाङले वडाका कोहि पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताए ।

ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । ९ दिनको बच्चा रहेको बताइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् ।

बैशाख २७ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएर गाउँ गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख ३१ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै धुलिखेल अस्पताल लैजान सिफारिस गरेको बाह्रबिसे नगरपालिकाका स्वास्थ्य संयोजक होमनाथ लामिछानेले बताए । तर अस्पताल नलगेर घरमा लगेको पाइएको छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  ३ : ३९ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३