२०८२, ७ पुस सोमबार

धुलिखेल-४ मा ‘काममा आधारित माम’ वितरण सुरू

धुलिखेल-४ मा ‘काममा आधारित माम’ वितरण सुरू


धुलिखेल, २ जेठः धुलिखेल नगरपालिका वडा न ४ ले काममा आधारित राहत वितरण गरेको छ । वडाले लकडाउनका कारण समस्यामा परेका मजदुर, बिपन्न बर्गलाई काम गरे बापत राहत उपलब्ध गराएको हो । आज पहिलो चरणमा ५२ जनालाई काम पछिको राहत वितरण गरेको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए ।

वडाले दुई/दुई दिन काम दिएको थियो । सडक सफा, मर्मत र झाडी सरसफाई गरे बापत दैनिक साढे सात सयका दरले दैनिक आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराएको वडाध्य कर्माचार्यले बताए । यसरी काम गर्नेहरुमा कोठामा बस्ने देखि स्थानीयसम्म छन् ।

कतिपयले दुई दिन काम गरेर एक बोरा चामल लगेका छन् । कतिपयले चिनी, दाल, नुन, तेल लगाएतको खाद्यान्न लगेका छन् । यसअघि वडाले ४ सय ५१ जनालाई वितरण गरेको थियो । ‘काममा आधारित राहत उपलब्ध गराउन थालेपछि राहत लिन आउनेको संख्या उल्लेखिय मात्रमा घटेको छ, वडाध्यक्ष कर्माचार्यले ‘कामपछि राहत उपलब्ध गराउँदा ब्यवस्थापन गर्न समेत निकै सजिलो भएको छ ।’

वडाध्यक्ष कर्माचार्यको नेतृत्वमा वडाबासीबाट संकलन गरेको राहत काममा रुपान्तरण गरिएको हो । ‘यो राहत वडा र नगरपालिकाले दिएको होइन्, उनले भने ‘वडाभित्रकै केहि मनकारी ब्यक्तिहरुले दिएको सहयोग काममा रुपान्तरण गरेर माम उपलब्ध गराएका हौँ ।’

दोस्रो चरणका लागि समेत निवेदन आह्वान गरेको वडाध्यक्ष कर्मचार्यले बताए । काम गर्न चाहानेले आफुलाई सम्पर्क गर्न सक्ने उनले बताए ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ५ : ४४ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको