२०८२, ७ पुस सोमबार

भर्ना शुल्क सहित वैशाख र जेष्ठ महिनाको शुल्क नलिन ने.वि. संघ काभ्रेको आग्रह

भर्ना शुल्क सहित वैशाख र जेष्ठ महिनाको शुल्क नलिन ने.वि. संघ काभ्रेको आग्रह


काभ्रे: नेपाल विद्यार्थी संघ काभ्रेले सामुदायिक तथा संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन, पोशाक र पुस्तकको पब्लिकेशन नफेर्न ध्यानाकर्षण गराएको छ । संघले वैशाख र जेष्ठ महिनाको शुल्क समेत नलिन आग्रह गरेको छ ।

ने.वि. संघ काभ्रेका सभापति नृपेश बादेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यतिबेला सिंगो विश्व कोभिड–१९ सँग लडिरहेको सन्दर्भमा कोभिड–१९ कै कारण यतिवेला सबै विद्यालय बन्द रहेको तथा विद्यार्थीहरु पनि घरभित्रको सानो परिधिमा खुम्चिएका, उद्योगधन्दा, कल–कारखाना व्यापार व्यवसायसमेत ठप्प हुँदा अधिकांशको आयश्रोत न्यून भएको, कतिपयको रोजगारीसमेत गुमेको अवस्थामा अभिभावकसँग वैशाख र जेष्ठ महिनाको शुल्क नलिन आग्रह गरिएको छ ।

१३ वटै स्थानीय निकायका प्रमुख एवं अध्यक्ष, शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोक, नेपाल शिक्षक महासंघ, काभ्रेपलाञ्चोक, निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन काभ्रेपलाञ्चोक, राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन काभ्रेपलाञ्चोक, हिसानकाभ्रेपलाञ्चोक, हिस्टान, काभ्रेपलाञ्चोक, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, काभ्रेपलाञ्चोकलगायतको समेत ध्यानाकर्षण गर्दै समन्वयका लागि संघको आग्रह छ ।

नेपाल सरकारसमेत यतिबेला इतिहास कै निरिह सरकार बनेर टुलु–टुलु हेरेर बसेकाआरोप लगाउँदै ने.वि. संघले यस्तो परिवेशनमा अभिभावक र विद्यार्थीहरुलाई मार परेको छ भने भावी दिनमा आर्थिक संकट आइलाग्ने पक्कापक्की भएको भन्दै यस्तो अवस्थामा नेपाल विद्यार्थी संघ जिल्लाका सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापक, वि.व्य.स अध्यक्ष, संस्थापक एवं प्रिन्सिपलहरुसँग वार्षिक शुल्कसहित वैशाख र जेष्ठ महिनाको शुल्क मिनाह गर्न, अनलाईन कक्षाको नाममा कुनै शुल्क नलिन, अन्य देशका पब्लिकेशनको पुस्तक पाठ्य सामग्रीको रुपमा प्रयोग नगर्नुहुन एवं पब्लिकेशनले दिने पुस्तक छुट शुल्कको १५ % रकम अभिभावकलाई दिलाउन र पोशाक परिवर्तन एवं पुस्तकका पब्लिकेशन परिवर्तन नगराउन जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरको छ ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ८ : ०३ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको