२०८२, २८ चैत्र आईतबार

मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई हाइजिन किट वितरण

मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई हाइजिन किट वितरण


धुलिखेल ३१ बैशाख  : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले दुई वटा वडामा अपाङ्गता भएका व्यक्तिहरुको लागि हाइजिन किट वितर गरेको छ ।

नगरपालिकाले वडा नं ५ का ४१ जना र ६ का २७ जना लाई हाइजिन किट वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र रिमरेकको सहयोगमा आज किट वितरण गरिएको नगरपालिकाका प्रबक्ता डिल्लिप्रसाद आचार्यले बताए । नगरपालिकाको १२ वटै वडामा वितरण गर्न लागिएको किटमा हात धुने साबुन, प्याड, मञ्जन, ब्रस लगायतका सरसफाइका सामान राखिएको छ । नगरपालिकाले यसअघि वडा नं ७ मा पनि हाइजिन किट वितरण गरेको थियो । रातो कार्ड भएका ब्यक्तिहरुलाई मात्र किट वितरण गरिएको प्रवक्ता आचार्यले जनाएको छ ।

रातो कार्ड पाउने बाहेकका अपाङ्गता भएका ब्यक्तिलाई भने सरसफाईका सामान्य सामाग्री मात्र दिइएको छ । पालिकामा रातो कार्ड पाउने ७५ जना, निलो कार्ड १६५, पहेलो कार्ड ९० र सेतो कार्ड पाउने ५६ गरी जम्मा अपाङ्गता भएका ब्यक्तिको संख्या ३ सय ८६ छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ५ : २५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४