२०८२, २८ चैत्र आईतबार

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघद्वारा राहत वितरण

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघद्वारा राहत वितरण


काठमाडौं, ३० बैशाख: नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघले विश्वभरी फैलिएको माहाव्याधी कोभिड १९ भाइरसका कारण सरकारले गरेको लकडाउनबाट दैनिक गुजारामा समस्या झेलिरहेका कराँते खेलाडीहरुलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने काठमाण्डौ र आसपासका जिल्लामा रहेका कराँते खेलाडीहरुको परिवारलाई संघले खाधान्न प्याकेज सहयोग गरेको हो ।

संघले राष्ट्रिय खेलकुद परिषद, नेप्लिज फ़ेशन होम, समय शान्दर्भिकको सहकार्यमा दैनिक जीवनयापनमा समस्या व्यहोरिरहेका खेलाडीहरुलाई सहयोग गरिएको नेपाल क्योकिशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष शिहान अशोककुमार श्रेष्ठले जानाए । खेलकुदको मुख्य उद्देश्य भनेको राम्रा खेलाडी उत्पादन गरेर देशको नामलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्नुका साथै सामाजिक उत्तरदायित्वप्रति कराँते खेलाडीहरुलाई ज़िम्मेवार बनाउँदै समाजमा स्थापित गर्ने संघको लक्ष्य रहेकाले खेलाडीहरुको संरक्षणमा संघले सघाउने प्रयास गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

अन्य कराँते संघहरुभन्दा भिन्न क्रियाकलाप गर्दै आएको यो संघले आफू अन्तर्गतको डोजोका खेलाडीहरुलाई तिनीहरुको आर्थिक अवस्था हेरी तालिम, बिद्यालय पोशाक तथा स्टेशनरी सामाग्रीहरु बार्षिक रुपमा निःशुल्क बितरण गर्दै आएको छ । शिहान अशोककुमार श्रेष्ठ नेपालको फुलकन्ट्याक्ट कराँतेको क्षेत्रमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुन् ।

उनी अन्तर्राष्ट्रिय कराँते महासंघ, स्विट्ज़रलैंडद्वारा “सीनियर मास्टर अफ द ईयर २०१९” को गोल्ड अवार्डबाट सम्मानित व्यक्ति समेत हुन् । महाव्याधी रोगका कारण नागरिकहरुले समस्या व्यहोरिरहेका बेला संघले आफ्नो क्षमताअनुसारको सामाजिक उत्तरदायित्व निर्वाह गरेको अध्यक्ष श्रेष्ठले बताए । संघले आफू अन्तर्गतको डोजोका खेलाडीहरुको परिवारको आर्थिक अवस्थालाई आधार बनाई सहयोग उपलब्ध गराउने गरेको संघका उपाध्यक्ष हेमा मानन्धरले बताएका छन् ।

सामाजिक उत्तरदायित्व वहनमा संघले देखाएको तदारुकताको सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले संघलाई सहयोग उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ८ : २१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४