२०८३, १७ बैशाख शुक्रबार

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक


बुटवल, ३० वैशाख: रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार (आज) नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।

उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण नदेखिएको डा. थापाले बताए । उनी अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए ।

घर गएपछि पनि उनी एकहप्ता होम आइसोलेसनमा बस्नुपर्नेछ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ७ : २५ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले