२०८२, २१ माघ बुधबार

काभ्रेका स्थानीय तहले पुर्याए दीर्घ रोगीलाई घर-घरमै औषधी

काभ्रेका स्थानीय तहले पुर्याए दीर्घ रोगीलाई घर-घरमै औषधी


धुलिखेल, २९ बैशाखः नियमित औषधि सेवन गर्ने दिर्घरोगीहरु निकै समस्यामा परेको भन्दै काभ्रे जिल्लाका स्थानीय तहरुले घर–घरमै औषधि पुर्याउने ब्यवस्था मिलाएका छन् । तेमाल गाउँपालिकाले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिरहेको छ ।

भुम्लु गाउँपालिकाले भने वडागत रुपमा दीर्घरोगीहरुको तथ्यांक निकाल्न सुरु गरेको छ भने क्यान्सर, मृटु रोग जस्ता रोगीहरुका लागी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । जिल्लाको खानीखोला गाउँपालिकाले दीर्घरोगीहरुको लागि घर–घरमा नै औषधी पु¥याइरहेको छ । बेथान्चोक गाउँपालिकाले पनि दिर्घरोगीहरुका लागि औषधी व्यवस्थापन गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाले औषधी ल्याइदिनुका साथै दीर्घरोगीहरुका लागी गाडीको व्यवस्था गरेको पालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । नमोबुद्ध नगरपालिकामा ३३ जना र धुलिखेल नगरपालिकामा १५० जना दीर्घरोगी छन् ।

औषधि सकिएका दीर्घरोगीहरुलाई औषधि किनेर घरसम्म पुर्याउने काम गरेको नमोबुद्ध नगरपालिकाका प्रवक्ता सञ्जिव ढकालले बताए । पनौती र पाँचखाल नगरपालिकाले पनि दीर्घरोगीहरुले नियमित सेवनगर्ने औषधीको अभाव हुन दिएका छैनन् ।

बनेपा नगरपालिकाले भने मेडिकलको संख्या धेरै भएकाले घर–घरमा औषधि पुर्याउन जानुपर्ने अवस्था नरहेको बताएको छ ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ५ : ५९ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक