२०८२, १३ फाल्गुन बुधबार

धुलिखेल अस्पतालमा आइपुग्यो २ हजार पीसीआर किट

धुलिखेल अस्पतालमा आइपुग्यो २ हजार पीसीआर किट


धुलिखेल, २९ बैशाखः सरकारले काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि थप २ हजार पीसीआर किट उपलब्ध गराएको छ । आइतबार २ हजार थान पीसीआर किट आइपुगेको धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याब विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकार जानकारी दिए ।

यसअघि ६ सय पीसीआर किट अस्पतालमा आइपुगेको थियो । ६ सय किट उपलब्ध भएकोमा पाँच सय ८५ जनाको परीक्षण भइसक्दा पनि किट प्राप्त नभएपछि अभाव सिर्जना भएको थियो । तर आइतबार २ हजार पीसीआर किट आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । पीसीआर किट अभावकै कारण जिल्लामा कोरोनाभाइरसको परीक्षण नरोकिएको डाक्टार झाले बताए ।

पहिलो चरणमा प्राप्त भएको ६ सय मध्ये पाँच सय ८५ जनाको परीक्षण भएकोमा ६९ जना काभ्रेका हुन् भने अन्य पाँच सय २० जना अन्य जिल्लाबाट आएको स्वाबको परीक्षण गरेको हो ।

धुलिखेल अस्पतालमा चैत २३ गतेदेखि कोरोना भाइरसको परीक्षण सुरुभएको थियो । धुलिखेल अस्पतालमा प्रत्येक हप्ताको आइतबार र बुधबार कोरोना भाइरसको परिक्षण हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  २ : ०० बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको