२०८२, २८ पुस सोमबार

पाँचखाल-९ मा दोस्रो चरणको राहत वितरण सुरु

पाँचखाल-९ मा दोस्रो चरणको राहत वितरण सुरु


धुलिखेल, २८ बैशाखः पाँचखाल नगरपालिकाको वडा नम्बर ९ ले दोस्रो चरणको राहत विरतण सुरु गरेको छ । आइतबारबाट दोस्रो चरणको राहत वितरण सुरु गरिएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

बिपन्न, गरिब, अशक्त, अपाङ्ग र दैनिक ज्यालामजदुरी गर्ने घर परिवारहरुलाई राहत वितरण सुरु गरिएको हो । यसअघि वडाले पहिलो चरणमा ६० घर परिवारलाई नगरपालिकाले उपलब्ध गराएको राहत हस्तान्तरण गरेको थियो । त्यस्तै अन्य विभिन्न संघसंस्थाको सहयोगमा थप १५० घर परिवारलाई पहिलो चरणको राहत दिइएको थियो ।

यो पटक वडा कार्यालयमा राहतका लागि ३ सय ३० घर परिवारको निबेदन आएको र ती सबै घरपरिवारहरुलाई भोलि सम्म वितरण गरिसक्ने वडाध्यक्ष श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार राहत प्याकेजमा चामल १० केजी, दाल २ केजी, तेल १ लिटर, नुन १ केजी र मस्यौरा आदा केजी दिएको छ ।

भुकम्पपछि लिइएको तथ्याङ्क अनुसार यो वडामा ११ सय भन्दा बढी घरधुरी संख्या रहेको छ ।

प्रकाशित मिति : २०७७, २८ बैशाख आईतबार  ६ : २० बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३