२०८२, १९ कार्तिक मंगलबार

पाँचखाल-११ मा अमेरिकन फौजी किराले मकै सखाप पर्यो, जनप्रतिनिधिले चासो दिएनन्

पाँचखाल-११ मा अमेरिकन फौजी किराले मकै सखाप पर्यो, जनप्रतिनिधिले चासो दिएनन्


धुलिखेल, २९ बैशाखः अमेरिकन फौजी किराले (फल आर्मीवर्म) गोड्ने बेलाको मकैबाली सखाप पारेपछि पाँचखाल नगरपालिका वडा नम्बर ११ खरेलथोकका स्थानीय चिन्तित बनेका छन् । एकातिर मुलकमा लकडाउन लम्बिदै जाने र लगाएको बाली समेत किराले खाइदिएपछि स्थानीय चिन्तित बनेका हुन् ।

स्थानीय नविन लामाका अनुसार गत वर्षको भन्दा यो वर्ष अमेरिकन फौजी किराले मकै अझ बढी खाइदिएको छ । फौजी किराले मकैको पात र गुभो खाइदिएको हो । ‘गोड्ने बेला भइसकेको मकैबाली सखाप पारिसक्यो, स्थानीय नविन लामाले भने ‘मकैको विरुवा हेर्दा पनि दिक्क लागेर आउँछ ।’

खरेलथोकका किसानले सिपी ८०८ नामको हाइब्रिड जातको मकै बीउ लगाएका थिए । उन्नतजातको भन्दा हाइब्रिड बीउमा फौजी किराले बढी आक्रमण गरेको स्थानीयको बुझाइछ । गाउँभरका किसानले लगाएको मकैबाली फौजी किराले सखाप पारे पनि नगरपालिकाको कृषि शाखा र वडा कार्यालयले रोगथामका लागि कुनै वास्ता नगरेको स्थानीयले बताएका छन् । वडाध्यक्ष शिव शरण लामाले आफुहरुको समस्या प्रति कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । तर वडाध्यक्ष लामाले भने आफुलाई फौजी किराले मकै बाली खाएको बारे कुनै जानकारी नभएको बताए ।

यो वर्ष समयमै बर्षा भएकाले खरेलथोकका स्थानीय कमैबाली राम्रो हुनेमा ढुक्क थिए । तर फौजी किराले रातभर मकैको विरुवा खाइदिएपछि भने किसानहरु चिन्तित बनेका छन् । फौजी किरा राति चर्न मन गराउने भएकाले नियन्त्रण गर्न निक्कै मुस्किल परेको स्थानीय नविन लामाले बताए । ‘दिँउसो निकै कम देखिन्छ, सकेसम्म टिपेर फाल्ने गरेको छाैँ, लामाले भने ‘तर राती आउने किरालाई कसरी नियन्त्रण गर्ने ?’

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ९ : ११ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई