२०८२, ७ चैत्र आईतबार

पाँचखाल-११ मा अमेरिकन फौजी किराले मकै सखाप पर्यो, जनप्रतिनिधिले चासो दिएनन्

पाँचखाल-११ मा अमेरिकन फौजी किराले मकै सखाप पर्यो, जनप्रतिनिधिले चासो दिएनन्


धुलिखेल, २९ बैशाखः अमेरिकन फौजी किराले (फल आर्मीवर्म) गोड्ने बेलाको मकैबाली सखाप पारेपछि पाँचखाल नगरपालिका वडा नम्बर ११ खरेलथोकका स्थानीय चिन्तित बनेका छन् । एकातिर मुलकमा लकडाउन लम्बिदै जाने र लगाएको बाली समेत किराले खाइदिएपछि स्थानीय चिन्तित बनेका हुन् ।

स्थानीय नविन लामाका अनुसार गत वर्षको भन्दा यो वर्ष अमेरिकन फौजी किराले मकै अझ बढी खाइदिएको छ । फौजी किराले मकैको पात र गुभो खाइदिएको हो । ‘गोड्ने बेला भइसकेको मकैबाली सखाप पारिसक्यो, स्थानीय नविन लामाले भने ‘मकैको विरुवा हेर्दा पनि दिक्क लागेर आउँछ ।’

खरेलथोकका किसानले सिपी ८०८ नामको हाइब्रिड जातको मकै बीउ लगाएका थिए । उन्नतजातको भन्दा हाइब्रिड बीउमा फौजी किराले बढी आक्रमण गरेको स्थानीयको बुझाइछ । गाउँभरका किसानले लगाएको मकैबाली फौजी किराले सखाप पारे पनि नगरपालिकाको कृषि शाखा र वडा कार्यालयले रोगथामका लागि कुनै वास्ता नगरेको स्थानीयले बताएका छन् । वडाध्यक्ष शिव शरण लामाले आफुहरुको समस्या प्रति कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । तर वडाध्यक्ष लामाले भने आफुलाई फौजी किराले मकै बाली खाएको बारे कुनै जानकारी नभएको बताए ।

यो वर्ष समयमै बर्षा भएकाले खरेलथोकका स्थानीय कमैबाली राम्रो हुनेमा ढुक्क थिए । तर फौजी किराले रातभर मकैको विरुवा खाइदिएपछि भने किसानहरु चिन्तित बनेका छन् । फौजी किरा राति चर्न मन गराउने भएकाले नियन्त्रण गर्न निक्कै मुस्किल परेको स्थानीय नविन लामाले बताए । ‘दिँउसो निकै कम देखिन्छ, सकेसम्म टिपेर फाल्ने गरेको छाैँ, लामाले भने ‘तर राती आउने किरालाई कसरी नियन्त्रण गर्ने ?’

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ९ : ११ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको