२०८२, ७ चैत्र आईतबार

धुलिखेल नगरपालिकाले थाल्यो कोरोना महामारी पछिको बजेट र कार्यक्रमका बारे छलफल

धुलिखेल नगरपालिकाले थाल्यो कोरोना महामारी पछिको बजेट र कार्यक्रमका बारे छलफल


धुलिखेल, २३ बैशाखः काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना महामारी पछिको योजनाका बारे छलफल थालेको छ । मंगलबार पहिलो चरणमा नगरपालिकाभित्रका वडाध्यक्ष र कर्मचारी बीच सम्भावित योजना र कार्यक्रमका बारे छलफल गरेको मेयर अशोक ब्याञ्जुले जानकारी दिए ।

चालु आर्थिक वर्षको योजना र आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजनामा निक्कै भिन्नता आउने भन्दै नगरपालिकाले छलफललाई प्राथमिकता दिएको हो । मेयर ब्याञ्जुले आगामी वर्षको बजेट तथा कार्यक्रम कोरोना महामारी पछि आम नगरबासीले भोगेको समस्या र त्यसबाट पाउने छुटकरामा केन्द्रित हुने बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा पनि कतिपय योजनाहरु फेरबदल हुनसक्छन् । यसरी फेरबदल हुने विकास निर्माणका योजनाहरु आगामी वर्षमा दोहोरिए पनि रुपरेखा बलदिलन सक्छ । ‘कोरोना महामारी पछि पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्र निकै नराम्रोसँग प्रभावित भएका छन्, मेयर ब्याञ्जुले भने ‘महामारी पछि सञ्चालन गर्ने विकास निर्माणका बजेट तथा कार्यक्रमबारे छलफल सुरु गरेका हौँ ।’

स्थानीय तहहरुको बजेट बनाउने बेला समेत आइसकेको छ । गाउँ बस्तीबाट आउने योजना समेत रुपान्तरित ढंगबाट कसरी ल्याउन सकिन्छ भनेर जनप्रतिनिधिहरुको साय लिएको मेयर ब्याञ्जुले बताए । महामारीपछि ठूलो आर्थिक क्षति ब्यहार्नु पर्ने र त्यसलाई सम्बोधन गर्न सकिने विविध उपायका बारे छलफलको दायरालाई ब्यापक बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । ‘अबको चुनौती निकै ठूलो हुनसक्छ, मेयर ब्याञ्जुले भने ‘हरेक स्थानीय तहले भावी दिनलाई हेरेर नीति, कार्यक्रम र बजेट बनाउन जरुरी छ, नागरिकको दैनिक समस्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन, समयमै नागरिकलाई पनि सुशुचित गराउन आवश्यक छ ।’

प्रकाशित मिति : २०७७, २३ बैशाख मंगलबार  ६ : १५ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको