२०८३, २६ भाद्र शनिबार

३ हजार तारे होटेल ६ महिना बन्द गर्ने प्रस्ताव, ७ लाख मजदुर प्रत्यक्ष प्रभावित

३ हजार तारे होटेल ६ महिना बन्द गर्ने प्रस्ताव, ७ लाख मजदुर प्रत्यक्ष प्रभावित


काठमाडौं २२ बैशाख तारे होटेलहरूको साझा संस्था होटेल संघ नेपाल (हान)ले देशभरका ३ हजार होटेल ६ महिना बन्द गर्ने प्रस्ताव गरेको छ । हानले आफ्ना सदस्य रहेका ३ हजार पर्यटकस्तरका होटेलहरू वैशाख १ गतेदेखि ६ महिनासम्म बन्द गर्ने प्रस्ताव सरकारलाई पठाउने निर्णय गरेको हो । ‘६ महिना होटेल बन्द गर्ने प्रस्ताव सरकारलाई दिने निर्णय गरेका छौँ, अन्य निर्णय सरकार–मजदुर संगठनसँगको छलफलपछि हुनेछ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने ।

कोभिड–१९ को असरले एक वर्ष पर्यटक नआउने निष्कर्ष निकाल्दै हानले बन्द गर्ने निर्णय गरेको हो । यसले ७ लाखभन्दा बढी मजदुर प्रभावित हुनेछन् । उनीहरूलाई ६ महिनासम्म १२।५ प्रतिशत तलब मात्रै दिने प्रस्तावसमेत हानको छ ।

सरकारले तोकेको १३ हजार ७ सय ५० रुपैयाँको १२.५ प्रतिशत तलब दिने प्रस्ताव हानले गरेको शाहले जानकारी दिए । मजदुरले सेवाशुल्कबापतको १० प्रतिशत रकम भने पाउनेछन् । ‘बाँकी सरकारले सहयोग गर्नुपर्छ भन्ने हो, आम्दानी नभएपछि जीवन धान्नका लागि मात्रै मजदुरलाई पैसा दिने निर्णय गरेका हौँ,’ उपाध्यक्ष शाहले भने ।

श्रमिक युनियनसँग १२।५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सबै सदस्य होटेलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रूपमा बिदा दिनेसमेत हानले निर्णय गरेको छ । ‘निर्णय गरेको प्रस्ताव सोमबार सरकारसमक्ष बुझाएर छलफल हुनेछ, त्यसपछि मात्रै निर्णयहरू कार्यान्वयनमा जानेछन्,’ शाहले भने ।

केही दिनअघि सरकारले अहिले ५० प्रतिशत र लकडाउन खुलेपछि ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेपछि उनीहरूले होटेल बन्द गर्ने निर्णयमा पुगेको बुझिएको छ । अन्य उद्योगहरू लकडाउनपछि खुले पनि होटेललाई त्यसरी मान्न नसकिने निष्कर्षसमेत हानले निकालेको छ । नयाँपत्रिकाबाट  

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : २५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।