२०८२, १९ मंसिर शुक्रबार

बनेपा, धुलिखेल र पाँचखालका होटलमा प्रहरीको छापा, १५ सय ८० लिटर घरेलु मदिरा नष्ट

बनेपा, धुलिखेल र पाँचखालका होटलमा प्रहरीको छापा, १५ सय ८० लिटर घरेलु मदिरा नष्ट


धुलिखेल २१ बैशाख कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन उलंघन गर्दै मदिरा विक्रि वितरण गर्ने पाँचखाल, बनेपा र धुलिखेलका होटलहरुमा प्रहरीले छापा मारेका छन् ।

प्रहरी चौकी खावाले पाँचखाल नगरपालिकाको वडा नम्बर ५ र ६, धुलिखेल नगरपालिका ८ बाट करिब असी लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको खावा प्रहरी चौकीका ईन्चार्ज श्रीकृष्ण दासले बताए ।

प्रशासनले भट्टीपसल नखोल्न उर्दी जारी गरेपनि अटेर गरेर होटल र पसल सञ्चालन गरी मदिरा विक्रि गरेपछि नियन्त्रणमा लिएको प्रहरी इन्चार्ज दासले जनाकारी दिए । यसैगरी इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाको नेतृत्वले बनेपा नगरपालिकाको भित्री बजारहरुमा लक डाउनको उलंघन गरी संचालन गरेका होटल, भट्टिपसलहरुमा छापा मारेका छन् । प्रमुख तिमिल्सिनाका अनुसार ती होटल र भट्टिपसलहरुबाट करिव १५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेका छन् ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ८ : ५३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको