धुलिखेल २१ बैशाख : नमोबुद्ध नगरपालिकाले नगर भित्रका बिपन्न र दैनिक ज्यालामजदुरी गर्ने परिबारलाई राहत समाग्री बितरण गरेको छ । ११ वटै वडाका ५ सय ८० बिपन्न र दैनिकज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न बितरण गरेको नगरपालिकाका प्रवक्ता संजिव ढकालले जानकारी दिएका छन् ।
सबै वडामा गरी १७ हजार केजी चामल, ११ सय ६० केजी दाल, ११ सय ६० लिटर तेल ११ सय ६० प्याकेट नुन बितरण गरेको प्रवक्ता ढकालले बताउनुभयो । नगरपालिकाले स्थापना गरेको फुड बैंकमा हाल सम्म नगरपालिका र दाताको सहयोगमा १९ हजार केजी चामल, १२ सय केजी दाल, १३ लिटर तेल र १५ सय केजी नुुन संकलन भएको छ ।
यसै बिच नगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग आउने क्रम पनि जारी रहेको प्रवक्ता ढकालले बताए ।
प्रतिक्रिया