२०८१, २ चैत्र आईतबार

बन्दाबन्दीमा विकासनिर्माणका काम शुरु

बन्दाबन्दीमा विकासनिर्माणका काम शुरु


तनहुँ २१ बैशाख :  तनहुँका विभिन्न स्थानीय तहमा बन्दाबन्दी भएसँगै रोकिएका विकास निर्माणका काम शुरु गरिने भएको छ । स्थानीय तहहरुले बन्दाबन्दीको अवधिमा पनि विकास निर्माणका काम शुरु गर्ने अनुमति दिएपछि यसअगाडि नै सम्झौता भएका भौतिक निर्माणका काम शुरु गर्न लागिएको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बन्दाबन्दीको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ । बन्दाबन्दी अगाडि ल्याइएका निर्माण सामग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिने निर्णय भएको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।

नगरप्रमुख गुरुङका अनुसार सामाजिक दूरी कायम गर्दै सावधानी अपनाएर विकास निर्माणका काम गर्नका लागि अनुमति दिइएको छ । “मौज्दात रहेका निर्माणका सामग्री बिग्रिने अवस्था आउन सक्ने भएकाले सावधानी अपनाएर विकास निर्माणको कामलाई अगाडि बढाउन सकिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार विकास निर्माणका कामका लागि ल्याइएका सामग्री मौज्दात नभएमा भने काम गर्न रोक लगाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन भएसँगै करिब चार हप्तादेखि विकासका योजनासँगै भौतिक संरचना निर्माणको काम ठप्प छ । मौज्दात रहेको सिमेन्टलगायत निर्माण सामग्रीको हिनामिना हुनसक्ने भएकाले स्थानीय मजदुर प्रयोग गरेर काम गर्न बाटो खुला गरिएको गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाको व्यास नगरपालिकाले पनि निर्माणको काम गर्नका लागि बाटो खुला गरेको छ । तनहुँमा नै उपलब्ध निर्माण सामग्री र स्थानीय कामदारको प्रयोग गरी सम्झौता भइसकेका सार्वजनिक निर्माणकार्यलाई अगाडि बढाउन अनुमति दिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यस्तै बन्दीपुर गाउँपालिकाले पनि निर्माण प्रक्रियामा रहेका विभिन्न आयोजनाका कामलाई सामाजिक दूरी कायम गर्दै अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सामाजिक दूरी कायम गरी स्थानीय मजदुर प्रयोग गरी काम गर्न सकिनेछ ।

बन्दाबन्दीकै क्रममा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम सञ्चालन भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका लागि हाल केवल टनेल खन्ने कामलाई निरन्तरता दिइएको छ । आयोजनाका साइट प्रमुख अच्युत घिमिरेका अनुसार क्याम्पभित्रै बसिरहेका मजदुरलाई परिचालन गरेर काम सञ्चालन गरिएको छ । हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । विद्युत् गृहमा तार लैजानका लागि १८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । रासस

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ११ : ४३ बजे

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी