२०८३, १८ भाद्र शुक्रबार

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई १४३ रनको लक्ष्य

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई १४३ रनको लक्ष्य


काठमाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ। जोन सिम्पसनको धमाकेदार अर्धशतकपछि काठमान्डुले १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि जोन सिम्पसनले २९ बलमा ६० रनको आकर्षक पारी खेले। उनले ३ चौका र ५ छक्का प्रहार गरे। सिम्पसनलाई मिलिन्द कुमारले साथ दिएका थिए, जसले ४३ बलमा ३८ रन योगदान दिए। दुवैले मिलेर तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे।

तर सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुको पारी कमजोर हुँदै गयो। १५ ओभरमा १०९/३ रहेको टोलीले बाँकी ३३ रन जोड्नासाथ ७ विकेट गुमाएर सम्पूर्ण टोली सम्हालिन नसक्ने अवस्थामा पुगेको थियो। चितवनका बलरले उत्कृष्ट प्रदर्शन गरेर खेलमा फर्किएको देखियो।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  २ : ३४ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन