२०८३, २० आश्विन बुधबार

एमालेको ११औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन

एमालेको ११औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन


काठमाडौं। नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले पाँच जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।

संगठनका अध्यक्ष गणेश पाण्डे र चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेतलाई प्रतिनिधि बनाउने निर्णय गरेको छ। त्यस्तै, महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको छ।

बैठकले सर्वसम्मत निर्णयलाई संगठनभित्रको सहमति र समन्वयको उदाहरणका रूपमा लिएको छ। चौतारीका महासचिव हिरामान लामाका अनुसार यस्तो एकमतले महाधिवेशनका तयारी प्रक्रियामा संगठनात्मक एकता र साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, १३ मंसिर शनिबार  ८ : १५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको