काठमाडौं, २० बैशाख । संवैधानिक निकायका पदाधिकारीले प्रधानमन्त्रीलाई नियमित जस्तो भेटिरहन्छन् । तर अरु बेला समाचार बन्दैनन् । तर नेकपाभित्र विवाद बढिरहेको बेला भेट्दा भने भ्रष्टाचारमा मुद्दा चलाउन भेटेको जस्ता अफवाह फैलिने गरेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुन् । उनी प्रधानमन्त्री भएपछि संवैधानिक निकायका पदाधिकारीले भेट्दा मुद्दा चलाउनै भेटेजस्तो प्रचार गरिने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बेलुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई बालुवाटार बोलाएर भेटवार्ता गरेपछि यस्तो अनावश्यक अफवाह फैलाउन एक समूह सक्रिय छ ।
पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र पुष्पकमल दाहाललाई मुद्दा चलाइहालेको जस्तो प्रचार भइरहेको छ । प्रधानमन्त्रीले भन्नासाथ अख्तियारले तत्कालै मुद्दा चलाइहाल्ने जस्तो गरी रघुजी पन्त प्रस्तुत भएका छन्, उनको कुन्ठामा केही मिडियाले पनि साथ दिएका छन् ।
प्रदेश प्रमुख हुन नपाएको झोंक रघुजी पन्तले आफ्नै पार्टीको नेतृत्वको सरकारबिरुद्ध पोखिरहेका छन् ।
अख्तियारमा माओवादीको लडाकु शिबिरको भष्टाचार काण्ड बिचाराधिन अवस्थामा छ भने ललितानिवास प्रकरणमा वरिष्ठ नेता माधव नेपाललाई चोख्याइएकाले अब फेरि मुद्दा चलाउन खोजेको हौवा पिटाइएको छ । न शिविर भ्रष्टाचारको चिहान खनिन्छ अहिले न त ललिता निवास प्रकरणमा माधव नेपालका बिरुद्ध नै केही हुन्छ ।
ललिता निवास जग्गा प्रकरणमा माधव नेपालले कुनै गल्ती नै गरेका छैनन् । उनको कार्यकालमा निर्णय भएको भए पनि उनको नियत खराब थिएन भन्ने सबैलाई थाहा भएकै बिषय हो, तर रघु पन्त जस्ता केश पाकेका नेताले समेत यस्ता अफवाह फैलाउन समय र शक्ति खर्च गरेको देखेर नेकपाकै कार्यकर्ता चकित छन् ।
स्मरण रहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क मन्त्रालय प्रधानमन्त्री कार्यालय हो। आयोगका पदाधिकारीको बिदा स्वीकृत गर्ने पनि प्रधानमन्त्री कार्यालयले नै हो ।
साभारः nepalface.com








प्रतिक्रिया