२०८२, २९ पुस मंगलबार

कोलाती भुम्लुमा राहत वितरण

कोलाती भुम्लुमा राहत वितरण


धुलिखेल, १८ बैशाखः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लुमा राहत वितरण गरिएको छ । बिहिबार पालिकाको सहयोगमा ७० जना र जापानमा रहनुभएका हबलचन्द्र लामाले संकलन गरि प्रदेश सांसद लक्षमण लम्साल मार्फत पठाएको आर्थिक सहयोगले ४४ जनालाई राहत वितरण गरेको स्थानीय युवा सुजन पहरीले जानकारी दिए ।

दुई जना परिवार सदस्य रहेकालाई १५ किलो चामल र त्योभन्दा बढी सदस्य रहेका परिवारलाई ३० किलो चामल दिइएको छ । त्यस्तै दुई जना परिवार सदस्य हुनेलाई दाल १ केजी, चिनी १ केजी, नुन प्याकेट, हातधुने साबुन एउटा र चियापत्ती १०० ग्राम दिइएको बताइएको छ । चामल जस्तै दुईभन्दा बढी परिवार संख्या हुनेलाई ठीक त्यसको डबल लिइएको स्थानीय युवा सुजन पहरीले बताए ।

वडाका अति विपन्न र दैनिक ज्याला गरी गुजरा गर्दै आएका परिवारलाई राहत सामग्री वितरण गरेको वडाध्यक्ष भरत बहादुर शिवभक्तीले बताए ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ७ : ०२ बजे

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी