२०८२, २२ जेष्ठ बिहीबार

धुलिखेलको निर्णय विरुद्ध उत्रिए ज्याम्दी मेलडाँडाका स्थानीय

धुलिखेलको निर्णय विरुद्ध उत्रिए ज्याम्दी मेलडाँडाका स्थानीय


धुलिखेल, १८ बैशाखः बुधबार धुलिखेल नगरपालिकाको सभाहलमा सर्वपक्षिय बैठक बस्यो । बैठकको मुख्य एजेण्डा थियो, राष्ट्रिय महत्वका विकास आयोजनाहरु सञ्चालन गर्ने बारे । तर भित्री कुरा चाँहि क्रसर उद्योग चलाउने । बैठकका लागि सबै स्थानीय तहका प्रमुखहरुलाई बोलाइएको थियो । त्यसमा पनि खास गरी क्रसर उद्योग सञ्चालन भइरहेका स्थानीय तहका प्रमुख र वडाध्यक्षहरु अनिवार्य उपस्थिति गराइएको थियो ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रको आयोजनामा डाकिएको बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सनाले गरेका थिए । बैठकमा प्रदेश सभा सदस्यहरु बसुन्धरा, रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, स्थानीय तहका प्रमुख सहित जिल्ला स्थित तीन वटै सुरक्षा निकाय प्रमुख सहभागि थिए ।

बैठकमा क्रसर उद्योग रहेका वडाध्यक्षहरुले तत्काल क्रसर र टिपर सञ्चालन गर्न जनतामा नकरात्मक असर पर्ने भनाई राखेका थिए । तर बैठकले क्रसर खोल्ने र टिपर चल्न दिन निर्णय गर्यो । निर्णय गरेको भोली पल्टै भुम्लु गाउँपालिका वडा नम्बर ९ का स्थानीयहरुले विरोध जनाएका छन् । वडा नम्बर ९ का वडाध्यक्ष पनि सर्वपक्षीय बैठकमा सहभागि भएका थिए ।

वडा नम्बर ९, मेलडाँडाका स्थानीयले वडाध्यक्ष दल बहादुर तामाङलाई भेटेरै विरोध पत्र बुझाएका छन् । उनीहरुले बिहिबार विरोध पत्र दिएको वडाध्यक्ष तामाङले स्वीकार गरे । ‘जिल्ला तहमा भएको निर्णय अनुसार टिपरको लाइन लाग्न थाल्यो, वडाध्यक्ष तामाङले भने ‘रोगको संक्रमण फैलन भन्दै स्थानीयले विरोध जनाए ।’

आफुले सर्वपक्षीय बैठकमा पनि तत्काल क्रसर सञ्चालन गर्दा र टिपर चलाउँदा स्थानीयले नकारात्मक रुपले हेर्न बताएको र स्थानीयको भावना विपरित आफुले टिपरलाई पासका लागि सिफारिस गर्न नसक्ने वडाध्यक्ष तामाङले बताए । ‘बैठकमा बैशाख २५ गतेसम्म कुरौँ भन्नेमा म पनि एक हुँ, तर निर्णय क्रसर र खानी खोल्ने गरियो, वडाध्यक्ष तामाङले भने ‘निर्णयसँग टिपरका लाइन गाउँलेले देख, त्यसपछि विरोध सुरुभयो ।’

पालिकाको वडा नम्बर ९ अन्तर्गत पर्ने इन्द्रवाती नदिमा त्रिवेणी क्रसर उद्योग सञ्चालनमा छ । स्थानीयले यदि बाहिरबाट आउने मान्छेको भिड् बढेसँगै कोरोना भाइरसको संक्रमण फैलियो भने त्यसको जिम्मेवारी लिन भनेका छन् । स्थानीयहरुले कम्तिमा २५ गतेसम्म कुर्न वडाध्यक्षलाई आग्रह गरेका छन् । आफुहरुको विरोध सुनुवाई नभए बाटो नै अवरुद्ध गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

तर बैठकमा सहभागि प्रदेश सांसद बसुन्धरा हुमागाई भने आम नागरिकले बुझे जस्तो ग्वारग्वार्ती टिपर कुद्न दिने निर्णय नभएको बताउँछन् । उनले मान्यता प्राप्त आयोजनाहरुका लागि मात्रै निर्माण सामग्री ढुवानी गर्ने गरी निर्णय भएको बताए ।

यसअघि भुम्लु गाउँपालिका वडा नम्बर १० का स्थानीयले पनि क्रसर उद्योग बन्द गर्न माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गरेका थिए । पालिकाको १ र ७ नम्बर वडामा सहित गरेर ४ वटा क्रसर उद्योग रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।

सर्वपक्षिय बैठकले जिल्ला भित्र विहान ११ बजे देखि १ बजेसम्म र बेलुका ७ बजेदेखि ११ बजेसम्म टिपर चल्न पाउने निर्णय गरेको थियो । जिल्ला भित्र चल्ने टिपरका लागि सम्बन्धीत स्थानीय तहले पास दिने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए । जिल्ला बाहिर जानका लागि भने जिल्ला प्रशासन कार्यालयले पासको ब्यवस्था गर्ने छ । जिल्ला बाहिर जाने समय बेलुका ७ बजे देखि राति ११ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ३ : ४७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक