२०८२, ७ चैत्र आईतबार

काभ्रेमा क्रसर र खानी उद्योग सूचारु गर्ने निर्णय, टिपरलाई स्थानीय तहले नै पास दिने

काभ्रेमा क्रसर र खानी उद्योग सूचारु गर्ने निर्णय, टिपरलाई स्थानीय तहले नै पास दिने


धुलिखेल, १८ बैशाखः काभ्रे जिल्लाभित्र टिपर चल्ने पाउने भएका छन् । हिजो धुलिखेलमा बसेको सर्वदलीय बैठकले टिपर चल्ने दिने निर्णय गरेको हो । जिल्लाभित्र दुई वटा समयमा टिपर चलाउन पाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला भित्र विहान ११ बजे देखि २ बजेसम्म र बेलुका ७ बजेदेखि ११ बजेसम्म टिपर चल्न पाउने छन् । राष्ट्रिय महत्वको विकास आयोजना सूचारु गर्न लागिका टिपर सञ्चालन गर्न दिन निर्णय भएको प्रमुख केसीले बताए । जिल्ला भित्र चल्ने टिपरका लागि सम्बन्धीत स्थानीय तहले पास दिने निर्णय भएको छ ।

जिल्ला बाहिर जानका लागि भने जिल्ला प्रशासन कार्यालयले पासको ब्यवस्था गर्ने छ । जिल्ला बाहिर जाने समय बेलुका ७ बजे देखि राति ११ बजेसम्म तोकिएको छ । ‘काभ्रेमा उत्पादन भएका निर्माण सामग्री काठमाण्डौ, भक्तपुर, ललितपुर लगायत जिल्लामा सञ्चालनमा रहेका आयोजनाका लागि समेत लैजानुपर्ने भएकाले बाहिरी जिल्ला जाने पनि निर्णय गरिएको हो, प्रमुख केसीले भने ‘ त्यसका लागि निश्चित मापदण्ड बनाएका छाैँ ।’

विकास आयोजनाका लागि निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवा ढुवानी र उत्पादन गर्दा स्थानीय रुपमा सम्बन्धित पालिका प्रमुख तथा सम्बन्धित वडाध्यक्षले सहजिकरणको ब्यवस्था मिलाउने सर्वपक्षित बैठकले निर्णय गरेको छ । बैठकले सामाजिक ढुवानी ब्यवस्थापन गर्ने जिम्मा टिपर ब्यवसायी संघ काभ्रे र नदिजन्य तथा खानीजन्य सामग्रीको आपूर्ति सहजिकरण क्रसर ब्यवसायी संघ काभ्रेलाई दिएको छ ।

सुरक्षाका पर्याप्त उपाय अपनाएर मात्रै काम गर्न कडाइका साथ निर्देशन दिएकाे जिसस प्रमुख केसीले बताए । ‘जिल्लाभित्र लगभग १ सय जति टिपर गुड्छन भन्ने अनुमान गरेका छौँ, जिसस प्रमुख केसीले भने ‘यो विकास निर्माणका लागि मात्रै होइन ब्यक्ति आफैले पनि केहि निर्माण गर्दैछ र ढुवानी गर्नुपर्यो भने सम्बन्धित वडा र पालिकाबाट पास लिएर निर्माण सामग्री लैजाने गरी सुरक्षा निकायलाई पनि भनेका छाैँ । ’

 

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  २ : २० बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको