२०८२, २४ भाद्र मंगलबार

काभ्रेमा क्रसर र खानी उद्योग सूचारु गर्ने निर्णय, टिपरलाई स्थानीय तहले नै पास दिने

काभ्रेमा क्रसर र खानी उद्योग सूचारु गर्ने निर्णय, टिपरलाई स्थानीय तहले नै पास दिने


धुलिखेल, १८ बैशाखः काभ्रे जिल्लाभित्र टिपर चल्ने पाउने भएका छन् । हिजो धुलिखेलमा बसेको सर्वदलीय बैठकले टिपर चल्ने दिने निर्णय गरेको हो । जिल्लाभित्र दुई वटा समयमा टिपर चलाउन पाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला भित्र विहान ११ बजे देखि २ बजेसम्म र बेलुका ७ बजेदेखि ११ बजेसम्म टिपर चल्न पाउने छन् । राष्ट्रिय महत्वको विकास आयोजना सूचारु गर्न लागिका टिपर सञ्चालन गर्न दिन निर्णय भएको प्रमुख केसीले बताए । जिल्ला भित्र चल्ने टिपरका लागि सम्बन्धीत स्थानीय तहले पास दिने निर्णय भएको छ ।

जिल्ला बाहिर जानका लागि भने जिल्ला प्रशासन कार्यालयले पासको ब्यवस्था गर्ने छ । जिल्ला बाहिर जाने समय बेलुका ७ बजे देखि राति ११ बजेसम्म तोकिएको छ । ‘काभ्रेमा उत्पादन भएका निर्माण सामग्री काठमाण्डौ, भक्तपुर, ललितपुर लगायत जिल्लामा सञ्चालनमा रहेका आयोजनाका लागि समेत लैजानुपर्ने भएकाले बाहिरी जिल्ला जाने पनि निर्णय गरिएको हो, प्रमुख केसीले भने ‘ त्यसका लागि निश्चित मापदण्ड बनाएका छाैँ ।’

विकास आयोजनाका लागि निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवा ढुवानी र उत्पादन गर्दा स्थानीय रुपमा सम्बन्धित पालिका प्रमुख तथा सम्बन्धित वडाध्यक्षले सहजिकरणको ब्यवस्था मिलाउने सर्वपक्षित बैठकले निर्णय गरेको छ । बैठकले सामाजिक ढुवानी ब्यवस्थापन गर्ने जिम्मा टिपर ब्यवसायी संघ काभ्रे र नदिजन्य तथा खानीजन्य सामग्रीको आपूर्ति सहजिकरण क्रसर ब्यवसायी संघ काभ्रेलाई दिएको छ ।

सुरक्षाका पर्याप्त उपाय अपनाएर मात्रै काम गर्न कडाइका साथ निर्देशन दिएकाे जिसस प्रमुख केसीले बताए । ‘जिल्लाभित्र लगभग १ सय जति टिपर गुड्छन भन्ने अनुमान गरेका छौँ, जिसस प्रमुख केसीले भने ‘यो विकास निर्माणका लागि मात्रै होइन ब्यक्ति आफैले पनि केहि निर्माण गर्दैछ र ढुवानी गर्नुपर्यो भने सम्बन्धित वडा र पालिकाबाट पास लिएर निर्माण सामग्री लैजाने गरी सुरक्षा निकायलाई पनि भनेका छाैँ । ’

 

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  २ : २० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा