२०८२, ७ पुस सोमबार

काँग्रेस काभ्रेद्वारा स्थानीय तहलाई पीपीई र मास्क सहयोग

काँग्रेस काभ्रेद्वारा स्थानीय तहलाई पीपीई र मास्क सहयोग


धुलिखेल, १७ बैशाखः नेपाल काग्रेँस काभ्रेले जिल्लामा रहेका स्थानीय तहका स्वास्थ्य संस्थालाई पीपीई र मास्क सहयोग गरेको छ । पालिका मार्फत स्वास्थ्य संस्थालाई पीपीई र मास्क सहयोग गरिएको काँग्रेस काभ्रेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।

सचिव लामाका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको छ । कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली, भुम्लु गाउँपालिका, मण्डनदेउपुर, पाँचखाल, धुलिखेल र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । बाँकी रहेका ७ वटा स्थानीय तहलाई पनि छिट्टै स्वास्थ्य सामग्री उपलब्ध गराइने सचिव लामाले बताए ।

काग्रेसले हरेक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई एक/एक वटा पीपीई र २ सय वटा मास्क सहयोग गरेको हो । बिहिबार (भोली) नमोबुद्ध नगरपालिका, तेमाल र रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तण गरिने सचिव लामाले बताए । ‘कोरोना भाइरस विरुद्धको यो लडाइमा पहिलो लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई केहि हौसला मिलोस भनेर सहयोग गरेका हौ, काँग्रेसका जिल्ला सचिव लामाले भने ‘यस्ता महामारीका बेला जुन ठाउँबाट जति सकिन्छ सहयोग गर्दा राम्रो हुन्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभागका संयोजक शिव प्रसाद हुमागाई, पुर्व सांसद तीर्थ लामा, जिल्ला उपसभापति अचुत प्रसाद पौडेल, सचिव दिनेश लामा लगायतका काँग्रेस नेताहरुले सम्बन्धित स्थानीय तहमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ३ : १० बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको