२०८२, २४ कार्तिक आईतबार

पूर्व मन्त्री बास्कोटाले भने ‘अब मेरो ध्यान पाँचखाल तिर’

पूर्व मन्त्री बास्कोटाले भने ‘अब मेरो ध्यान पाँचखाल तिर’


धुलिखेल, १७ बैशाखः काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अन्तिम चरणमा पुगेसँगै पूर्वमन्त्री गोकुल बास्कोटाले अब आफ्नो ध्यान पाँचखाल तिर पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्व मन्त्री बास्कोटाले बनेपा, धुलिखेल र पनौतीका नागरिकलाई बधाई दिदैँ पाँचखालको विद्यमान खानेपानी समस्या समाधानमा लाग्ने बताएका हुन् ।

काभ्रे उपत्यका एकिकृत खानेपानीको मुहान देखि मुख्य ट्याङ्कीसम्म पानी परिक्षण कार्य सफल भएको बताइएको छ । यस खानेपानी आयोजनाको काम लकडाउनको अवधीमा पनि सूचारु गर्ने निर्णय भएको छ । पाँचखालका नागरिक पनि खानेपानीको चरम अभाव झेलिरहेका छन् । मन्त्री बास्कोटाले पाँचखालमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

नेपाल सरकार, एसियाली विकास बैंक र बनेपा–धुलिखेल–पनौती नगरपालिकाहरूको संयुक्त लगानीमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सन् २०१३ को जुन १२ देखि सञ्चालनमा आएको थियो । यो आयोजनाबाट तीनवटै नगरपालिकाका झण्डै ७५ हजार नागरिक लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ९ : ४० बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।